यस क्याम्पसको लागि आ.व. २०८२÷०८३ मा आवश्यक पर्ने तपसिल बमोजिमको विभिन्न सामान खरिद र मर्मत तथा सेवा उपलब्ध गराउन छुट्टाछुट्टै कार्यको मौजुदा सुचि तयार गर्नुपर्ने भएकोले सम्बन्धित कार्य गर्न इच्छुक व्यक्ति, फर्म, निर्माण कम्पनी संस्थाले सुचना प्रकाशन भएको मितिले ७ दिन भित्र नविकरण भएको ईजाजत पत्र, आयकर र मु.अ. करमा दर्ता भएका संघ संस्था र कम्पनीहरुले मु.अ.कर दर्ता प्रमाण पत्रको नविकरण भएको प्रमाण पत्र र आ.व. २०८०÷०८१ वा ०८१÷०८२ सम्मको कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी सहित निवेदन दर्ता गराउन हुन यो सुचना प्रकाशित गरिएको छ । साथै म्याद नाघी वा रीत नपुगी आएको निवेदन उपर कुनै कार्यवाही हुने छैन ।
तपसिल
१) कार्यालय सामान, स्टेशनरी, खेलकुद सामग्री, मसलन्द छपाई, फोटोकपी आदिको आपुर्ति कार्य ।
२) कार्यालय उपकरण आपूर्ति तथा मर्मत ।
३) कम्प्यूटर उपकरण तथा कम्प्यूटर जन्य उपकरण ।
४) फर्निचर तथा फर्निसिंग सम्बन्धि विविध सामान ।
५) ईन्धनको आपुर्ति ।
६) यातायात तथा ढुवानी सम्बन्धी ।
७) विद्युतीकरणका समाग्रीहरुको आपुर्ति तथा सेवा ।
८) परामर्श सेवा गर्न ।
९) भवन तथा अन्य पुजिगत निर्माण एवं मर्मत (भौतिक निर्माण सम्बन्धि) कार्य गर्न ।
१०) तालिम÷गोष्ठी लगायतका कार्यक्रमहरु संचालनका लागि आवश्यक सेवा ।
११) विविध ।